सीके राउतद्वारा राष्ट्रिय परिषद् बैठक आव्हान, ‘स्वतन्त्र मधेश’को माग यथावत

काठमाडौं, फागुन ३० । ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका छन् ।

आगामी चैत ४ र ५ गतेका लागि जनकपुरमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका एक शीर्ष नेताले नाम उल्लेख नगर्ने शर्तमा जनाएका छन् ।

बैठकमा सरकारसँग भएको सम्झौताबारे छलफल हुनेछ ।

याे पनि पढ्नुस  डा. सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका २०–२२ वटा जिल्ला संगठन संयोजक लगायत हरेक जिल्लाबाट ४–५ जनालाई सहभागी गराइने जनाइएको छ ।

गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दिपक शाह रहेका छन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि रणनीति अनुसार नै गठबन्धनका नेताहरू मौन रहेको ती नेताले बताए ।

याे पनि पढ्नुस  सिके राउतबारे गृहमन्त्रीको कडा प्रतिक्रिया, सरकार लाचार भएर बस्दैन

‘सहमतिप्रति मिडिया, नागरिक समाज र मधेशी जनताको प्रतिक्रिया हेरिरहेका छौं । त्यसको विश्लेषण र छलफल गरेर आगामी दिशा तय हुन्छ,’ उनले भने, ‘मधेशी जनतालाई धोका दिएका छैनौं, स्वतन्त्र मधेशको माग यथावतै छ, रणनीति अनुसार सम्झौता भएको भनेर गठबन्धनभित्र सर्कुलर गरिएको छ ।’

याे पनि पढ्नुस  संविधानविपरितका गतिविधि स्वीकार नगरिने- गृहमन्त्री

राष्ट्रिय परिषद् बैठकबाट सम्झौता कार्यान्वयनबारे छलफल हुनेछ ।

सरकार र गठबन्धनबीच भएको सम्झौताको आ–आफ्नै तरिकाले व्याख्या हुन थालेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कतिपय नेता कार्यकर्ताले आलोचना गरिरहेका छन् । सम्झौता कार्यान्वयनको सन्दर्भमा बैठकलाई बहुप्रतिक्षित मानिएको छ । लोकान्तर

 

कमेन्ट गर्नुहोस्