Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तोलामा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, फागुन ३० । बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० रुपैयाँले कारोबार भएको थियो भने बिहीबार घटेर ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी छ ।

यस्तै, तेजावी सुन ६० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि बजारमा चाँदीको मूल्य यथावत नै रहेको छ ।

बुधबार चाँदी तोलामा ७४५ मा कारोबार भएको छ भने आजपनि यही ७४५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: