Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्यूजिल्याण्ड गोलीबारीः बल्ल–बल्ल बाँच्यो बंगलादेशी क्रिकेट टिम

काठमाडौं, चैत १ । न्यूजिल्यान्डको क्राइस्टचर्च शहरस्थित दुईवटा मस्जिदमा बन्दुकधारीले गोलीबारी गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। यद्यपि उक्त घटनामा कति जनाको हताहती भयो भन्ने बारी प्रशासनले पुष्टी गरेको छैन ।

बन्दुकधारी अझै पनि सक्रिय रहेको आशंका गर्दै स्थानीय प्रशासनले मानिसहरूलाई सूचना जारी गरे बाहिर ननिस्कन आग्रह गरेको छ भने यता जतिबेला गोलीबारीको घटना भयो त्यस समय बंग्लादेशी क्रिकेट टिम सोही स्थानमा रहेको खुलासा भएको छ । मस्जिदमा गोलीबारी हुने जानकारी पाएलगत्तै उनीहरू अन्य व्इक्तिहरूसँगै मस्जिदबाट सकुसल बाहिर निस्कन सफल भएका छन् । उनीहरू नजिकैको पार्कबाट ओवल मैदान तर्फ लागेका छन् ।

उक्त घटनालाई लिएर बंग्लादेशका क्रिकेट टिमका एक खेलाडीले मोहम्मद इस्लामले ट्विट गरेका छन् । उनले टिप्पणीमा लेखेका छन् ‘बंग्लादेशको क्रिकेट टिम हेगले पार्कनजिकैको एउटा मस्जिदबाट बाहिर निस्केका छन् । जहाँ बन्दुकधारी संक्रिय थिए । उनीहरू हेगले पार्कबाट ओवलतर्फ लागेका छन्।’

यसैबीच क्राइस्टचर्चको अर्को मस्जिदमा पनि गोलीबारीको भएको छ । एक प्रत्यक्षदर्शी लेने पेनेहाका अनुसार काला बस्त्रधारी अल नुर मस्जिदमा प्रवेश गर्दै गर्को देखिएलगत्तै दर्जनौँ राउन्ड गोलीको आवाज सुनिएको छ। डराउँदै केही मानिसहरू मस्जिदबाट बाहिर भाग्दै गरेको देखिएको पनि उनले बताइन् ।

उनले प्रहरी आउनु पूर्व बन्दुधकारी मुख्य सडकतर्फ भागेको बताइन् । जब उनी मद्दतका लागि मस्जिदमा प्रवेश गरिन उनले जतातातै शवमात्रै देखेको समाचार संस्था एपीलाई बताइन् । न्युजिल्यान्ड प्रहरीले अहिले पनि बन्दुकधारी सक्रिय रहेकाले सचेत रहन आग्रह गरिको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: