जन्मदिनको अवसर पारेर आमिरले गरे यस्तो घोषणा

मुम्बई, चैत १ । गतवर्ष प्रदर्शनमा आएको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ पछि अभिनेता आमिर खानको नयाँ चलचित्र कुन हुने छ ? भन्ने तमाम अनुमान र अड्कललाई पूर्णविराम लगाउँदै आफ्नो नयाँ चलचित्रको घोषणा गर्दै आमिरले आफ्नो ५४औं जन्मदिन मनाएका छन् ।

श्रीमती किरण रावसँग मिडियाको सामुन्ने ‘बर्थडे’ केक काट्दै आमिरले आफ्नो नयाँ फिल्मको औपचारिक निर्माण घोषणा गरे।

याे पनि पढ्नुस  जरिन खानको बलिउड चलचित्र ‘हरर’ को ट्रेलर सार्वजनिक

उनको नयाँ चलचित्र चर्चित हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हुने छ र यसको हिन्दीमा ‘लालसिंह चड्ढा’ नाम राखिएको छ । आमिरका अनुसार, १९९४ मा रिलिज भएको र ६ अस्कार अवार्ड जितेको ‘फरेस्ट गम्प’ उनको सबैभन्दा मनपर्ने फिल्ममध्येको एक हो । वायकम १८ मोशन पिक्चर्ससँग मिलेर उनले यो फिल्म बनाउन लागेका हुन् । निर्देशन अद्वैत चन्दनले गर्नेछन् ।

याे पनि पढ्नुस  सुपरस्टार अमिताभ वच्चन किसानहरुका लागि बने भगवान !

अद्वैतले यसअघि आमिरको फिल्म ‘सिक्रेट सुपरस्टारु निर्देशन गरेका थिए, जुन उनको डेब्यू फिल्म थियो । २०१७ मा रिलिज भएको फिल्ममा आमिर विशेष रोलमा थिए । फिल्म निर्देशन गर्नुभन्दा पहिला अद्वैत, आमिर खानको म्यानेजर थिए । डेब्यू फिल्म नै बक्सअफिसमा उत्कृष्ट ठहरिएपछि उनलाई बलिउडमा राम्रो सम्भावना बोकेको निर्देशकको रुपमा हेरिएको छ ।

याे पनि पढ्नुस  ३ दिनमै करोड बढी कमाए सलमान खानले

आमिरले ुलाल सिंह चड्ढाु को छायांकन र टम ह्याङक्सले निभाएको चरित्रलाई आफ्नो अन्दाजमा निभाउनका लागि तयारी सुरु गरिसकेका छन् । लाल सिंह चड्ढाको रोल निभाउनका लागि उनले २० केजी तौल घटाउनु पर्नेछ । फिल्मको अक्टोबरबाट छायांकन सुरु हुँदैछ । आमिरले ‘फरेस्ट गम्प’को राइट्स पाउन ८ वर्ष लागेको बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्