Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अपडेट: न्युजिल्याण्डको मस्जिद आक्रमणमा मर्नेहरूको सङ्ख्या २७ पुग्यो, ४ जना गिरफ्तार

काठमाडौँ, चैत १ । न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको बन्दुक आक्रमणमा कम्तीमा २७ जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा २७ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् ।

घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । हमलाकारी मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर उनको संलग्नता पुष्टि भएको छैन ।

न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् ।

भेटियो मुस्लिमविरोधी सामग्री 

सिएनएनले प्रकाशित गरेको समाचारमा उक्त आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गरेको छ ।

आक्रमण हुनुभन्दा केही घण्टा अगाडि सामाजिक संजालमा ८७ पृष्ठको मुस्लिम-विरोधी सामग्री प्रकाशित भएको थियो । प्रहरीले त्यो अकाउन्ट आक्रमणकारीको हुनसक्ने आशंका गरेको छ ।

यसअघि फेसबुकले उक्त घटनासम्बद्ध हिंसात्मक दृश्य सामग्री हटाएको बताएको छ । उक्त मस्जिधरूमा शुक्रबारको प्रार्थनामा निकै ठुलो भीड हुने गर्दथ्यो ।

यस घटनाका प्रमुख अभियुक्त अस्ट्रेलियन नाग्र्रिक भएको आशंका गरिएको छ । तर यस कुराको स्वतन्त्र पुष्टि भने हुनसकेको छैन ।

सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: