Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्युजिल्यान्डका दुई मस्जिदमा गोलाबारी, २७ जनाको मृत्यु

न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएको छ ।

गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ। अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ। प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भुइँमा लडेको देखेको बताएका छन्।

डेलीमेलले २७ जनाको मृत्यु भएको जनाएको छ । अझै मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीले जनाएका छन्।

मस्जिदमा शुक्रबार जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो । प्रहरी अधिकारी माइक बुसका अनुसार गोलाबारी गर्नेमध्ये एक व्यक्तिलाई हिरासतमा लिइएको छ। उनले भने, ‘अहिले यस घटनामा कोको संलग्न थिए भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले देशका नाममा सम्बोधन गर्दै न्युजिल्यान्डको अहिलेसम्मकै कालो दिन भएको बताएका छन् ।

उक्त एरियाका अस्पताल र स्कुल बन्द गर्न लगाइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: