Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नुवाकोटमा आगलागीबाट १५ लाखको क्षति

नुवाकोट, चैत १ । शुक्रबार बिहान नुवाकोटको विदुर नगरपालिका वडा नं ५ माझीटारस्थित पूर्णिमा अर्यालको घरमा आगलागी हुँदा करीब रु १५ लाख बराबरको क्षति भएको छ ।

घर धनी अर्याल आफन्तको वैवाहिक समारोहमा भाग लिन गएको र उहाँका दुई छोरा आफन्तको घरमा बसेका कारण कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीका कारण अर्यालको नगद र सुनका गहनासहित करीब रु १५ लाख बराबरको क्षति भएको छ । आगलागी कति बजेदेखि शुरु भएको भन्ने यकिन नभएपनि छिमेकीले बिहान ५ बजेमात्र आगलागी भएको थाहा पाएका थिए ।

त्यसपछि स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।

आगलागीका कारण भूकम्पपछिको पुनःनिर्माणका लागि प्राप्त सरकारी राहतसमेतबाट निर्माण भएको भुइँतल्ले घर धेरै ठाउँमा चर्किएर बस्न अयोग्य बनेको स्थानीयले बताएका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: