Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राहदानी विभागले बढायो कार्यालय समय

काठमाडौं, चैत १ । काठमाडौं स्थित राहदानी विभागले कार्यालय समय १ घण्टा थप गरेको छ । सेवाको गुणस्तर र ग्राहकको भिडलाई मध्यनजर गर्दै विभागले कार्यालय समय १ घण्टा थप गरेको हो । सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय आज (शुक्रबार) देखि ९ बजे खुलेर ५ बजे बन्द हुने छ। आइतबारदेखि बिहीबारसम्म ९ बजेदेखि ५ बजेसम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ ।

महानिर्देशक रामकाजी खड्काका अनुसार सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानीसम्बन्धी सबै प्रकारका सेवा लिन सकिने छ । महानिर्देशक खड्काले थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे।

यस्तै, विभागले राहदानीबाहकलाई राहदानीको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ। राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ। नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी विभाग र विदेशस्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: