Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्रम्पविरुद्ध उनकै पार्टीका सिनेट सदस्यहरूले गरे विद्रोह, ट्रम्प को घोषणा उल्ट्याउन मतदान

काठमाडौँ, चैत १ । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ।

ट्रम्पकै पार्टीक केही सिनेट सदस्यहरूले समेत विद्रोह गरेपछि ट्रम्प अप्ठ्यारोमा परेका हुन्।

१२ जना रिपब्लिकन सिनेट सदस्यहरूले आफ्नो पार्टीको निर्देशन विपरीत राष्ट्रपतिको आदेशको विपक्षमा मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो।

ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब भिटो भनिने विशेष अधिकार प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन्।

तर विपक्षी डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्र्याटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन्।

रिपब्लिकन विद्रोहीको सराहना

सिनेटका डेमोक्र्याटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे।

उनले भने, “रिपब्लिकनहरूले आफू साहसी भएर हो, या सिद्धान्तमा अडिग भएर हो, या त आकुल व्याकुल भएर हो आफ्ना राष्ट्रपतिले सीमा नाघ्न खोज्दा उनलाई ठाउँमा ल्याउन थालेका छन्।”

बीबीसीका वासिङ्टन सम्वाददाता भन्छन् रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ।

उनी भन्छन् तर यो कदम पर्खाल योजनाप्रति उनीहरूको विरोध भने होइन। किनभने धेरै रिपब्लिकनहरूले कुनै न कुनै हिसाबले पर्खाल परियोजनाप्रति समर्थन गर्दै आएका छन्।

ती रिपब्लिकन सदस्यहरू कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध थिए।

पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोजेका थिए। बिबिसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: