Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लवलाई राजनीतिक मूलधारमा ल्याउनुपर्छः नेता पौडेल

कपिलवस्तु, चैत २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ ले यशोधरा गाउँपालिकामा शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेललेचन्द समूहलाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको बताए ।

नेता पौडेलले स्वतन्त्र मशेधको नारा लिएर हिँडेका सीके राउतले विखण्डनकारी नीति अझै नछाडेको भन्दै राउतले सरकारलाई नराम्ररी झुक्याएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: