Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साफ च्याम्पियनसिपः पहिलो हाफ नसकिँदै बंगलादेशविरुद्ध नेपालको ३ गोल ! (LIVE )

विराटनगर, चैत २ । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले ३० मिनेट नसकिदै ३ गोल गर्न सफल भएको छ ।

खेलको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाति गोल गरेपछि नेपालको अग्रता सुरु भएको हो । मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोलले नेपाललाई १-० को अग्रता दिलायो ।

खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भयो । हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भयो ।

त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेको गोलले नेपाललाई पहिलो हाफमा बंगलादेहविरुद्ध तीन-शून्यको अग्रता दिलाएको हो ।

नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको छ । विराटनगरको शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालले डिफेन्समा खेलाडी परिवर्तन गरेको हो । डिफेन्डर अमृता जैशीको स्थानमा पुनम जर्घामगरले स्थान बनाएकी हुन् ।

दुबै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाब मुक्त गर्न आजको खेल जित्नै पर्ने दबाबमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

दुबै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेको हो । आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: