Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिका विरुद्धको टी–२० सिरिज यूएईले जित्यो

काठमाडौं, चैत २ । अमेरिका विरुद्धको टी-२० सिरिज यूएईले जितेको छ । अन्तिम खेलमा अमेरिकालाई २४ ले हराउँदै यूएईले २ खेलको सिरिज जितेको हो । यूएईले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो ।

उसका लागि स्टेभिन टेलरले ४९, जेभियर मार्शलले ३१, जोसरन मल्होत्राले २१, एलमोर हचिन्सनले १६ रन बनाए । बलिगंमा यूएईका सुल्तान अहमदले ३, जाहूर खानले २ र रोहन मुस्तफाले १ विकेट लिए । यसअघि, टस जितेर ब्याटिगं रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।

उसका लागि साइमन अनवारले ६२, रोहन मुस्तफाले ४५, मोबम्मद बुटाले १७, सीपी रिजवानले १२ र अहमद राजाले नटआउट १३ रन बनाए ।

बलिङमा अमेरिकाका टिमिल पटेल, हेडन वेल्डसौरभ नेटवर्वालले दुईदुई र जसदीप सिंहले एक विकेट लिए । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: