Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंका विरुद्धको ‘वान डे सिरिज’ दक्षिण अफ्रिकाले जित्यो

काठमाडौं, चैत ३ । श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले ५–० ले जितेको छ । शनिबार राती भएको अन्तिम खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै श्रीलंका विरुद्धको सिरिज अफ्रिकाले जितेको हो ।

श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पक्ष्याउने क्रममा १३५ रन बनाउन २ विकेट गुमाउँदा खराब फ्लडलाइटका कारण खेल रोकिन पुगेको थियो । अफ्रिकाको जितका लागि एडेन मार्करामले नटआउट ६७, रस्सी भान डर डुसेनले अविजीत २८, फाफ डुप्लेसीले २४ र क्विन्टन डी ककले ६ रन बनाए । बलिङंमा श्रीलंकाका लाथिस मलिङ्गा र थिसेरा परेराले एकएक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलंकाले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २२५ रन बनायो । उसका लागि कुसल मेन्डीसले ५६, प्रिमिअल पेरिराले ३३, एन्जेलो पेरेराले ३१, इसुरु उडानाले ३२, ओसाडा फर्नाडोले २२ र धनन्जय डी सिल्भाले १२ रन बनाए । बलिङमा अफ्रिकाका कागिसो रबाडाले ३, इमरान ताहिर, एनरोच नोर्टजले २–२, लुंगी एन्गीडी र फेलकवायोले १–१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: