Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खुशीको खबरः बजारमा ह्वात्तै घट्यो सुनको भाऊ

काठमाडौं, चैत ३ । आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुन तोलामा ६० हजार ५०० रुपैयाँले कारोबार भएको थियो भने आज घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी तोलामा ७४५ मा कारोबार भएको छ भने आज घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: