Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आगो पोलेमा के गर्ने ? यस्तो छ उपचार विधि

० आगोले पोलिरहेको छ भने तुरुन्तै कम्बलले छोपेर घटना स्थलबाट बाहिर निस्कने–निकाल्ने र बाक्लो कपडाले छोप्ने ।

० घटना भएलगत्तै पोलेको अंग चिसो पानीमा डुबाएर राख्ने ।

० पानी नभएको अवस्थामा नरम कटनको कपडाले छोप्न पनि सकिन्छ ।

० पोल्नेबित्तिकै मानिसको शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो सामग्रीलाई शरीरबाट उतार्ने । नत्र पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ ।

० बिरामी खान सक्ने अवस्थामा भए प्रशस्त पानी वा अन्य झोलिलो पदार्थ सेवन गराउने ।

० जलेको भागमा कुनै पनि प्रकारको लोसन, तेल वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्‍याउने ।

० जलेपछि उठेको फोकालाई कहिल्यै पनि फुटाउने प्रयास गर्नुहुँदैन ।

० रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ । र, प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ ।

० त्यस्तै, रसायनले जलेको अवस्थामा सोडियम बाइकार्बोनेटले धुन पनि सकिन्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: