Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेरै जीवनकालमा समृद्ध मुलुक बन्छः डा. बाबुराम भट्टराई

काठमाडौं, चैत ३ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा मात्र मुलुकमा समृद्धी आउने दाबी गरेका छन् । उनले समृद्धिकरणका लागि नयाँ साथीहरु खोजिरहेको बताउँदै २० वर्षभित्र संसारको विकसित मुलुक बनाउने दाबी गरेका हुन् । उनले भने, ‘हिजो पंचायतको विरुद्धमा लड्दा बाबुराम बौलायो भन्ने गर्दथे । गणतन्त्र ल्याउँदा मानिसले पत्याएका थिएनन् ।’ डा. भट्टराईले अगाडि थपे, ‘म अहिले ६५ बर्षको भएँ, २० बर्षभित्र थर्ड वर्डबाट फस्ट वर्ड बनाउने छौं, यो सम्भब छ ।’ भर्खरैमात्र खुलेको नयाँशक्ति पार्टीलाई ८० बर्ष पुराना पार्टिसँग दाँज्न नहुने बताउँदै उनले नयाँशक्ति पार्टी थप बलियो बन्दै गएकाले चाँडै सोही पार्टीको नेतृत्वमा मुलुकले रङ परिवर्तन हुने बताए ।

डा. भट्टराईले जनताले बुझेर मात्रै भोट दिन आग्रह गरेका छन् । उनले भने, ‘जनताले भोट दिने क्रममा के बुझ्नुभयो भने आफ्नो थर जस्तै सधै एउटै पार्टिमा भोट दिनुपर्छ । तर, कुरा के हो भने नेता र पार्टी तथा उसको विगतको काम हेरेर भोट परिवर्तन गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: