Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आगामी चैतदेखि चलचित्र ‘छक्का पञ्जा २’ पुनःप्रदर्शनमा

काठमाण्डौ, चैत ३ । २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ ।

दर्शकहरुको चाहना बमोजिम फिल्म रि–रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् वैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ ।

यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् ।

हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण यो मितिमा कुनै नेपाली फिल्म प्रदर्शनमा आउन नसकेका हुन् । यसअघि यो मितिमा प्रतिक्षीत फिल्म ‘दाल भात तरकारी’ आउने कन्फर्म भएको थियो । तर, शुक्रबारमात्र ‘एभेन्जर’ को डरले यो फिल्म एक हप्ता पछाडि सरेको छ । यसैको फाइदा उठाउँदै ‘छक्का पञ्जा २’ फेरि हलमा प्रदर्शन हुन लागेको हो ।

हलमा रिलिज भएको डेढ वर्ष बितिसकेपनि यो चलचित्र अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको छ । वैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’ ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ ।

यसअघि यो फिल्मलाई यही चैत अन्तिममा पुनः प्रदर्शन गर्ने तयारी थियो ।

तर, हरेक साता एकभन्दा बढी फिल्म प्रदर्शनमा आउन तमतयार रहेका कारण यो फिल्मले पुनः प्रदर्शनका लागि उपयूक्त मिति पाउन सकेको थिएन । अन्ततः बैशाख १३ बाट हलिउड फिल्मका कारण ‘दाल भात तरकारी’ ले हात झिकेपछि ‘छक्का पञ्जा २’ लाई लोट्री लागेको छ । नतिजा भने कस्तो आउने छ ? हेर्न बाँकी छ ।

दीपाश्री निरौला निर्देशित यस फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ । फिल्ममा समावेश ‘म त यता किनारामा’ र ‘नाइनलको साडीमा’ बोलको गीत अहिले पनि उतिक्कै लोकप्रिय छ । यस फिल्मको तेस्रो पार्ट समेत प्रदर्शनमा आइसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: