Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक वर्षमा ऊर्जामन्त्रीले के–के गरे काम? (प्रतिवेदनसहित)

काठमाडौं, चैत ३ । उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले पदबहाली गरेको एक वर्षको कार्य प्रतिवेदन सार्वजनिक गरेका छन् । आइतवार मन्त्रालय पत्रकार सम्मेल आयोजना गरी मन्त्री पुनले मन्त्रालयको आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

“समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकांक्षा पुरा गर्न २०७५–८५ को अवधिलाई “ऊर्जा तथा जलस्रोत दशक” को रुपमा मनाउने गरी ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौतिहरुको यथार्थ चित्रणसहित यस क्षेत्रको समग्र विकासको लागि भावी मार्गचित्र (श्वेतपत्र) जारी गरी कार्यान्वयनमा ल्याइएको मन्त्री पुनको प्रतिवेदनमा उल्लेख छ ।

“नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी” नाराका साथ “जनताको जलविद्युत कार्यक्रम” घोषणा कार्यक्रम संचालनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयको प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुस् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: