Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

११ महिनापछि युभेन्टसको पहिलो हार

एजेन्सी ।  इटालियन सिरी ए फुटबलको जारी सिजनमा युभेन्टसले पहिलो हार ब्यहोरेको छ । सिरी ए फुटबलमा अपराजित यात्रा बनाइरहेको युभेन्टसको जारी सिजनको यात्रालाई जेनोआले पूर्णविराम लगाउन सफल भएको हो ।

लिग अन्तर्गत आइतबार राति भएको भएको खेलमा युभेन्टस जेनोआसँग अप्रत्यासित रुपमा पराजित हुँदा उसका स्टार स्ट्राइकर रोनाल्डो भने टिममा थिएनन्।

घरेलु टोली जेनोआको जितमा युभेन्टसका पूर्व खेलाडी स्टेफानो स्टुरारोले ७२ तथा गोरानो पान्देवले ८१ औँ मिनेटमा गोल सम्भव बनाए। च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई आराम दिँदा ११ महिनापछि युभेन्टसले पराजय ब्याहोर्यो।

युभेन्टस सिरी ए फुटबलमा यसअघि गतवर्षको २२ अप्रिलमा पहिलो पटक पराजित भएको थियो। जारी सिजनमा भने युभेन्टसले ३ खेलमा बराबरी गरेपनि पराजित भने भएको थिएन्।

पराजयका बाबजुत युभेन्टसको लिगमा एकपक्षीय अग्रता जारी छ। युभेन्टसका लागि पाउलो डिबालाले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता दिएन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: