Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आलुका फाइदा के–के? जान्नुहोस्

काठमाडौं, चैत ४ । आलु एक सर्वसुलभ र सस्तो तरकारी तथा खाजा हो । नेपालीको भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि यही हो । आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान पाइन्छ । साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ । आलु स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ ।

–आलु पोषणको भण्डार हो । यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।

–आलु भिटामिन, खनिज र एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ । आलुमा पाइने एन्टिअक्सिडेन्टका कारण मधुमेह, हृदय रोग, क्यान्सर र पुराना रोग बल्झिने समस्या कम हुन्छ ।

–रक्तचाप, प्रतिरक्षा प्रणाली, पाचन प्रणाली लागि पनि आलु उपयोगी तरकारी मानिन्छ ।

–आलुमा धरै स्टार्चको मात्रा हुन्छ । जसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणगरी ब्लड सुगरको जोखिम घटाउँछ ।

–नियमित आलु खाने गर्नाले मानिसमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि समस्याको जोखिम कम हुन्छ ।

–एक अध्ययनका अनुसार आलु खाएर शरीरमा हर्मोनको स्तर बढाउन पनि सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: