Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं आउँदै गरेको इत्तिहादको विमान एयर फ्रान्सको वोइङसँग झण्डै ठोक्किएन

मुम्बइ, चैत ४ । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका टाइम्स अफ इन्डियाले जनाएको छ।

गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौं आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दिएको छ । टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो ।

‘दुई जहाज तीन नटिकल माईल, अर्थात केही सेकेण्डमात्र एक अर्काबाट टाढा थिए,’ सो पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललार्इ उद्धृत गर्दै लेखेको छ । दुवै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए । भारत र पाकिस्तानका वायुसेनाबीच विवादस्पद कस्मिरमा केही समयअघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तराष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धले गर्दा ब्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन्।

त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन् । त्यसले मुम्बई लगायतका केही भारतीय शहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ।

एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउँदै आएका छन् ।पाकिस्तानको आकाश नखुल्दा कयौं खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन् । दश लाखभन्दा बढी नेपाली खाडी मुलुकहरु कतार, युएइ, साउदी अरेविया, केवेतमा काम गर्छन्।

युरोप, अमेरिकाबाट नेपाल आवत जावत गर्ने धेरैजसो स्वेदशी तथा बिदेशी पनि खाडी मुलुक हुँदै नेपाल आउनेजाने गर्छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: