Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज फेरि तोलामा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, चैत ४ । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुन तोलामा ६० हजार रुपैयाँले कारोबार भएको थियो भने आज पनि फेरि घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार चाँदी तोलामा ७३५ मा कारोबार भएको छ भने आज पनि फेरि घटेर ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: