Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल वैदेशिक लगानीका लागि वातावरण बनेको छ- अर्थमन्त्री

काठमाडौं, चैत ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रहपनि गरेका छन् ।

सोमबार काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उनले लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव रहेको बताए ।

अर्थमन्त्री डा. खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताए।

डा. खतिवडाले लगानी सम्मेलनको तयारी भइरहेकाले नेपाल लगानी गर्न उपयुक्त मुलुक भएको पनि बताए ।

कार्यक्रममा लगानी कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: