Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोकिराखेको हाइस आफैँ गुडेर दुर्घटना, १२ जना घाइते

डडेल्धुरा, चैत ४ । डडेल्धुरामा एक यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा १२ जना घाईते भएका छन्।

दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना हुँदा १२ जना घाईते भएका हुन्।

घाईतेको उद्धार गरिसकेको र उनीहरूको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

रोकिराखेको हाईस भिरालो भएका कारण अचानक झाडिमा गएर दुर्घटना भएको यात्रुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: