Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रंगशाला निर्माणकाे सहयोगार्थका लागि ‘मातृभूमि कप’ हुँदै, पारस र ज्ञानेन्द्रको टिम भिड्ने

काठमाडौं, चैत ४ । चितवनको भरतपुर महानगरपालिकामा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको ‘गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सहयोगार्थका लागि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र उप–कप्तान ज्ञानेन्द्र मल्लबीचको टिमबीच खेल हुने भएको छ ।

‘मातृभूमि कप’ नाम दिइएर आयोजना हुन लागेको प्रतियोगितामा कप्तान खड्काको नेसनल टिम ‘ए’ र ज्ञानेन्द्र मल्लको नेसनल टिम ‘बी’ बीच यही चैत्र २१ गते खेल हुने भएको हो ।

प्रतियोगिताको विस्तृत जानकारीका लागि भोलि (मंगलबार) पत्रकार सम्मेलनको आयोजनासमेत गरिएकाे आयोजक धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: