Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीएसएलः सन्दीप पनि ‘ड्रिम टिम’ अटाउन सफल

काठमाडौं, चैत ४ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ‘ड्रिम टिम’ मा अटाउन सफल भएका छन् । पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरिएको ‘टिम अफ् द पीएसएल’ मा सन्दीप १२ औं खेलाडीका रुपमा अटाउन सफल भएका हुन् ।

पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबी डी विलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो । लाहोर कलन्दर्सबाट पीएसएलमा डेब्यू गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमी रनरेट ७ दशमलब ६६ रहेको छ ।

प्रतियोगितामा व्यक्तिगत राम्रो प्रदर्शन गरेपनि सन्दीपको टिम भने कुल १० खेलमध्ये ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहन पुग्यो । प्रतियोगिताको यस संस्करणको उपाधि भने क्वेटा ग्लाडिएटर्सले जितेको छ । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई ८ विकेटले हराउँदै क्वेटा ग्लाडिएटर्सले उपाधि जितेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: