Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चोरी गरी लैजाँदै गरेको अवस्थामा २ मोटरसाइकल बरामद

काठमाडौं, चैत ४ । चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई मोटरसाइकल बरामद गरेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले आज दुई मोटरसाइकल चोरी हुनबाट जोगाएको हो ।

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको प्रदेश नं ३–०२­००१ प ३७०८ नं र बा ९३ प २३७४ नंको मोटरसाइकल छाडी चोरीमा संलग्न व्यक्तिहरु फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: