Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युरोपेली फुटबल महासंघद्वारा  रोनाल्डोलाई कारवाही

एजेन्सी । युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डो कारवाहीमा परेका छन् । च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुसियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेका थिए ।

त्यसैलाई लिएर युरोपेली फुटबल महासंघले उनलाई कारवाही गरेको हो । युईएफएले ३४ बर्षका फरवार्डले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए ।

पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए । रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: