Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोबोट प्रविधिको पढाइप्रति विद्यार्थी उत्साहित

काठमाडौं, चैत ५ । यशोधरा बौद्ध माध्यमिक विद्यालयले सुरु गरेको रोबोट प्रविधिको पढाइमा विद्यार्थी उत्साहित भएका छन् । गत शुक्रबारबाट देशमै पहिलोपटक उक्त विद्यालयले रोबोटबाट पढाइ सुरु गरेको हो । प्रधानाध्यापक रमिला शाक्यका अनुसार निकट भविष्यमा विद्यार्थीले आफैँ रोबोट बनाएर सञ्चालन गर्न सक्नेछन् ।

रोबोट प्रविधिलाई नियमित शैक्षिक क्यालेन्डरमा लगेपछि विद्यार्थीको तार्किक क्षमता र सिर्जनशीलता बढ्ने विश्वास उनको छ । उनले भनिन्, ‘विद्यार्थीले पार्टपुर्जा जोडेर आफ्नो रुचिअनुसार रोबोटलाई आकार दिन र सञ्चालन गर्न सक्छन् । त्यसैले, विद्यार्थीमा उत्साह धेरै देखिन्छ ।’

रोबोटले यसरी काम गर्छ ?
इन्जिनियर प्रितेशप्रताप रानाका अनुसार रोबोट प्रविधिमा आइआर रिफ्लेक्सन, साउन्ड सेन्सर, लाइट सेन्सर, टच सेन्सर, स्टुडियोलगायतका सामग्री जडान भएको हुन्छ । जसकारण रोबोटले दूरी मापन गर्ने, रङ छुट्याउने, उज्यालो र ध्वनि मापन गर्ने गर्छ । सर्भो मोटरले रोबोटको चाललाई नियन्त्रण गर्छ । डिसी मोटरले रोबोटलाई चलायमान गराउँछ । साउन्ड सेन्सरले ध्वनि मापन र लाइट सेन्सरले लाइट मापन गर्छ ।

निर्माण खर्च १७ हजार
ललितपुर महानगरपालिकाका अनुसार यशोधरा बौद्ध माध्यमिक विद्यार्थीमा प्रयोग गरिएको रोबोट प्रविधिको मूल्य १७ हजार हो । यस प्रविधिलाई परिस्कृत गर्दा विद्यालयको पाठ्यक्रममा प्रयोगको सम्भावना रहेको इन्जिनियर रानाले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएके छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: