Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चैत लागेसँगै बजारमा सुनको भाऊ घट्दै, तोलामा कतिले घट्यो ?

काठमाडौं, चैत ५ । मंगलबार फेरि बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुन तोलामा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार बजारमा चाँदीको मूल्यमा भने यथावत नै रहेको छ ।

सोमबार चाँदी तोलामा ७३० मा कारोबार भएको छ भने आजपनि ७३० रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: