भीमदत्तमा शिक्षाका समस्या अध्ययनका लागि समिति गठन

कञ्चनपुर, चैत ५ । जिल्लाको भीमदत्त नगरपालिकाले शैक्षिक क्षेत्रका समस्या अध्ययनका लागि समिति बनाएको छ । नगर शिक्षा समितिको बैठकबाट नगर शिक्षा समितिका सदस्य जीत बहादुर बमको संयोजकत्वमा समिति बनाएको हो ।

समितिलाई नगर क्षेत्रका विद्यालयहरुमा जनशक्ति र पूर्वाधारसंग सम्बन्धित समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
नगर शिक्षा समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको समितिको छैठौ बैठकमा समिति गठन गर्ने निर्णय गरिएको छ ।

नगर शिक्षा समितिका संयोजक नगर प्रमुख विष्टले अध्ययन प्रतिवेदनका आधारमा शैक्षिक क्षेत्र सुधारका लागि आवश्यक नीति तथा योजना बनाइने बताए ।
समितिमा भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य द्रोपती जोशी, नगर शिक्षा समितिका सदस्य पदमा साउँद र गंगा पन्त तथा भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका स्रोत व्यक्तिद्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य छन् ।

याे पनि पढ्नुस  माध्यमिक विद्यालय तथा राष्ट्रपति कप छनौट खेलकूद प्रतियोगिता सुरु

भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका विद्यालय निरीक्षक ईश्वरी ठगुन्नाले समितिलाई नगर क्षेत्रका विद्यालयहरुका विभिन्न समस्या अध्ययन गरी प्रवितेदन पेश गर्ने जिम्मेवारी दिइएको बताइन् ।

‘शिक्षा क्षेत्रका विविध समस्या समाधानका लागि समिति गठन गरिएको छ, अर्को बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ’ विद्यालय निरीक्षक ठगुन्नाले भनिन् । भीमदत्त नगरपालिकामा ५५ सामुदायिक र ६५ संस्थागत विद्यालय छन् । शिवधाम क्षेत्रमा गुरुकुल विद्यालय सञ्चालनमा छ । यसैगरी चालु आर्थिक वर्षको शैक्षिक क्यालेण्डर बनाउन शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उप सचिव पदमराज जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा नगर शिक्षा समितिका सदस्य दिपक भट्ट, स्रोत व्यक्तिद्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य छन् ।

याे पनि पढ्नुस  कञ्चनपुर बेलौरीको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी

भीनपाको शिक्षा, युवा तथा खेलकूद शाखाले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । जैविक मार्ग म्याराथन मार्च, विद्यालयहरुसित भौतिक पूर्वाधार, आइसिटी, प्रयोगशाला निर्माणका लागि सम्झौता, विद्यालयहरुलाई अनुमति प्रदान, कक्षा ८ को परीक्षा सञ्चालन, विद्यालय अनुगमन लगायतका कार्यक्रम गरिएका छन् । आगामी वैशाखमा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सञ्चालनका लागि तयारी सुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्