Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रवि लामिछाने विरुद्ध ठगी र चेक बाउन्सको मुद्दा लगाउने ईशाको तयारी

काठमाण्डौ,चैत ५। पत्रकार तथा चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रबि लामिछाने पूर्व पत्नी ईशा लामिछानेलाई ठगी गरेको भन्दै बिबादमा तानिएका छन् ।

पूर्व पत्नी ईशासँग डिभोर्स गर्दा भएको सहमती र सम्झौता पालना नगरी पूर्व पत्नीलाई मानसिक तनाब दिईएको भन्दै ईशाले रबिलाई ठगी र चेक बाउन्सको मुद्दा लगाउने भएकी छिन् । डिभोर्स गर्दा रबिले अमेरिकामा भएको घरको ऋण तिरिदिने भनेर सम्झौता गरे पनि अहिले आएर नतिर्ने बताएका छन् । ईशाको एक्लो कमाईले ऋण तिर्न गार्हो भए पछी ईशाले उक्त घर बेच्ने निर्णय गरेकी छिन् ।

‘त्यहाँको पैसा केही पनि तिर्न सक्दिन, तिमीहरु जे गर्नु पर्छ गर’ भन्ने म्यासेज रबिले छोरीलाई पठाएको ईशाले बताईन् । पटक पटक फोन गर्दा रबिले नउठाउने गरेको र छोरी मार्फत पैसा पनि नदिने खबर पठाउने गरेको छ। अहिले रबिले छोरीहरुलाई पनि संपर्क नगर्ने र छोरीहरुले फोन गर्दा पनि नउठाउने गरेको ईशाले बताईन् ।

टेलिभिजन न्युज २४ मार्फत रबिले ईशालाई सबैथोक दिएर छोडपत्र गरेको दाबी गरेका थिए । छोडपत्रको कागजमा रबिले अमेरिकामा भएको घर ईशालाई दिने र उक्त घरको बाँकी रहेको ऋण तिरिदिने सम्झौता गरेका थिए । रबिले ईशालाई चेक मार्फत भुक्तानी दिएको भए पनि उक्त चेकमा पैसा नभएको र पैसा दिन पनि नसक्ने बताए पछि ईशा थप तनाबमा परेकी छिन् ।

केस फाईल गर्नको लागि ईशा छिट्टै नै नेपाल आउने भएकी छिन् । छोडपत्र बमोजिमको शर्त पालना नगरे रबिलाई मुलुकी ऐन अन्तर्गत समेत कारबाही हुन सक्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: