Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘सुपर ओभर’ मा द. अफ्रिकासँग श्रीलंका पराजित

काठमाडौं, चैत ६ । श्रीलंका विरुद्धको टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । मंगलबार राति सुपर ओभरमा १५ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच रन मात्रै बनाउन सक्यो । यो जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको टी-२० क्रिकेट सिरिजमा १-० को अग्रता बनाएको छ ।

श्रीलंकाले दिएको १३५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनाएपछि स्कोर बराबरी भएको थियो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले ४१ रनको योगदान दिएका थिए । बलिङतर्फ लासिथ मालिंगाले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३४ रन बनाएको थियो । कमिन्दु मेन्दिसले ४१ रन बनाएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: