कमल ऐरीले प्रहार गरे ५ बलमा ५ छक्का, भारत २७७ रनको लक्ष्य पछ्याउदै

काठमाडौं, चैत ६ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले पहिलो खेलमा त्यहाँको आन्द्र प्रदेश क्रिकेट टिमलाई २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङ गर्दै नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै २७६ रन बनायो ।

याे पनि पढ्नुस  भारत विरुद्धको छैठौं खेलमा नेपाल ब्याटिङ गर्दै

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१, सन्दीप जोराले ६९, कमलसिंह ऐरीले २५ बलमा ४४ रन प्रहार गरे । उनले ४८औं ओभरमा ५ बलमा ५ छक्का प्रहार गरे ।

यस्तै, कुशल मल्लले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकसमेत बटुल्न सकेनन् । यो समाचार तयार पार्दासम्म भारतले (आन्द्र प्रदेश) ले २३ ओभरमा ३ विकेट गुरमाएर १२३ रन बनाएको छ ।

याे पनि पढ्नुस  यु १५ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत १–१ गोल

बलिङमा भारतका लागि पी तेजसवाईले एक्लैले ४ विकेट लिए । भारतको आन्द्र प्रदेश क्रिकेट टिमसँग हुने ४ अभ्यास खेलका लागि नेपाली टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो ।

कमेन्ट गर्नुहोस्