होली मनाउन घर हिँडेका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

धादिङ, चैत ६ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकल र हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका ५ बेनीघाट गोमती पुलमा एक आपसमा ठोक्किँदा पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगरको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  पाँच बर्षमा ७९ हजार दुर्घटना, झण्डै ११ हजारको मृत्यु

दुर्घटनामा परी घाइते भएकोमा उपचारका लागि काठमाडौंतफ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्