Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बुवा र श्रीमतीका साथ अनमोलको फिल्म हेर्दै प्रधानमन्त्री

काठमाडौं, चैत ६ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ परिवारसहित चलचित्र हेर्न गएका छन्। प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर चलचित्र हेर्न गएका हुन्।

राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए। चलचित्र ‘क्याप्टेन’ मा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: