होलीमा जथाभावी सवारी चलाउने ९१८ चालकलाई कारबाही

काठमाडौं, चैत ६ । होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९ सय १८ चालकलाई प्रहरीले पक्राृ गरि कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो।

याे पनि पढ्नुस  ४२ देशका वाम युवाको महासभा काठमाडौंमा शुरु हुँदै, सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिए।

महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरवाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारबाही गरेको छ। जसमध्ये २४३ सवारी साधनलाई कारवाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ।

याे पनि पढ्नुस  काठमाडौंमा बिजुली बस सञ्चालनमा आउँदै

महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो। बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेकोे महाशाखाले जनाएको छ। महाशाखाले होली पर्वमा कारबाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्