Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मैदानमै ढलेका भारतीय क्रिकेटरको मुत्यु

एजेन्सी । भारतमा खेल खेल्ने क्रममा मैदानमै एक क्रिकेट खेलाडीको मृत्यु भएको छ । कोलकाता बालीगञ्ज स्पोर्टिङ क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षीय सोनू यादवको खेल मैदानमै ढलेर मृत्यु भएको हो ।

उनी अभ्यास म्याचका क्रममा मैदानमै ढलेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार लगत्तै उनलाई अस्पताल लगिएको भए पनि डाक्टरले भने मृत घोषणा गरे ।

अस्पातलले मृत्युको थप रहस्य खुलाएको छैन । भारतीय सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनू एक विकेटकीपर ब्याट्सम्यान रहेको बताईएको छ । केही वर्ष पहिले पनि बंगलाका एक जूनियर खेलाडी अनिकेत शर्माको पनि मैदानमै ढलेर मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: