Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो छ विप्लव समूहको पार्टी संरचना, कसको तह कुन?

काठमाडौं, चैत ७ । नेकपा नाम राखेको विप्लव समूहको नेतृत्व महासचिवको रुपमा नेत्रविक्रम चन्द ‘विप्लव’ कै हातमा छ । उनीपछि दोश्रो तहमा खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ छन्। तेश्रो नेता हेमन्तप्रकाश वली हुन् । वलीपछि धर्मेन्द्र बास्तोला र सन्तोष बुढा मगर छन्। विप्लवले तीन क्षेत्र कमाण्डर बनाइसकेका छन् । नेतृत्वले मध्य केन्द्रीय कमाण्डको जिम्मेबारी हेमन्त प्रकाश वलीलाई तोकेको छ ।

पूर्वी कमाण्ड अनिल शर्मा ‘विरही’ ले सम्हालेका छन्। पश्चिम कमाण्ड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को जिम्मेबारीमा छ । १० वर्षे सशस्त्र युद्धको अनुशरण गर्दै उसले १७ वटा व्यूरोसमेत बनाइसकेको छ। विप्लव समूहका ३५ जना केन्द्रीय सदस्यलाई प्रहरीले सर्वाधिक खोजी सूचीमा राखेको छ । यो समाचार शुक्रबार साप्ताहिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: