प्रचण्ड र पूर्व अमेरिकी राजदूत स्कट डेलिसीबीच भेट, यस्तो भयो कुराकानी

काठमाडौं, चैत ७ । नेकपा माओवादीको शान्ति प्रक्रियामा अवतरणको बेला महत्वपूर्ण भूमिका खेलेका पूर्व अमेरिकी राजदूत स्कट र प्रचण्डबीच भेट भएको छ । उपचारका लागि अमेरिकामा रहेका प्रचण्डसँग भेटबारे सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै डेलिसीले शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डसँग लामो सहकार्य गरेको सम्झना गरेका छन् ।

याे पनि पढ्नुस  सहमति बनाएर अगाडि बढ्न राष्ट्रपतिको आग्रह

‘म राजदूत छँदा उहाँ माओवादी नेता हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रिया टुंग्याउन नजिक रहेर काम गरे ।’ डेलिसीले लेखेका छन, ‘हाम्रो प्रायजसो भेट हुन्थ्यो, छलफल हुन्थ्यो । हाम्रा छलफल गतिशील हुन्थे, कतिपय अवस्थामा मतभेद पनि । तर हामी शान्तिको बाटो पहिल्याउने विषयमा हामीले सँगै काम गर्यौ ।’

याे पनि पढ्नुस  ‘बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती’

डेलिसीले झण्डै सात वर्षपछि प्रचण्डसँग भेट भएको बताउँदै डेलिसीले नेपालले अहिले शान्ति र मेलमिलापको यात्रालाई पूर्णता दिने अवस्थामा पुगेकोमा खुशी भएको बताएका छन् । ‘अब विगतमा झुण्डिने होईन’ डेलिसिले लेखेका छन, ‘बरु भविष्यका चुनौतीबारे छलफल गर्दै सुदृढ र समृद्ध नेपालको निर्माणबारे हामीले कुरा गर्यौं ।’

याे पनि पढ्नुस  ७० वर्षदेखि भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै हो : प्रचण्ड

डेलिसिले देशको नेता भएको हैसियतले प्रचण्डले नेपालका सामु रहेका चुनौती हल गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् । स्कटले हाल सोरअवे फाउण्डेसनमार्फत नेपालको सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्