Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लवका सक्रिय नेता डा. थापाद्वारा पार्टी परित्याग (विज्ञप्तिसहित)

स्याङ्जा, चैत ७ । विप्लव नेतृत्वको नेकपाका नेता डा. शेरबहादुर थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । स्याङ्जा भीरकोट नगरपालिका—१,मा बस्दै आएका डा. थापाले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै विप्लव समूहबाट अलग भएको घोषणा गरेका हुन् ।

२०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थापा तत्कालीन एमालेसँग आबद्ध हुँदै पछि प्रचण्डले नेतृत्व गरेको नेकपा एकीकृत माओवादीमा रहेर काम गर्दै आएका । एमाओवादी फुटेपछि वैद्य नेतृत्व माओवादी हुँदै विप्लव समूहमा आबद्ध डा. थापा स्याङ्जाका राम्रा कम्युनिष्ट नेतामध्ये एक हुन् ।

भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र नगर प्रवक्ता दिपेन्द्र केसीसहितको रोहबरमा थापाले प्रेस विज्ञप्ति जारी गर्दै थापाले राजीनामा घोषणा गरेका हुन् ।

थापाले नेकपा एमाओवादीको जिल्ला सदस्य, वैद्य नेतृत्वको माओवादीको जिल्ला सदस्य, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको जिल्ला सचिव रहेर काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: