Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जनताको जलविद्युत‌्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीले दिए पहिलो आवेदन

काठमाडौं, चैत ७ । ‍प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

प्रधानमन्त्री पत्नीराधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन्। यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ। ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌को सेयरधनी’ को नारासहितयो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: