Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बिहिबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो । काबुलमा आज बिहान भएको एक विस्फोटमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताएका छन् ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको छैन । काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरुको नयाँ वर्षको विदा मनाउन बसेका अफगान नागरिकको भीडमा सो विस्फोस्ट भएको थियो । अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समूहले पनि बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: