Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफ्नो जिम्मेवारीप्रति सजग छौंः नेपाली सेना (विज्ञप्तिसहित)

काठमाडौं, चैत ७ । आधिकारीक श्रोतले दिएको औपचारिक सूचनाबाहेक श्रोतको हवला दिँदै केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीप्रति सेनाको ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

बिहीबार सेनाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सेना नेपालको संविधान, सैनिक ऐन र सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले सेना आफ्नो जिम्मेवारीप्रति सजग छौँ । सोही मान्यतामा सेना सदैव अडिग रहेकोसमेत स्मरण गराउँदछौं ।’

अहिले सेना पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यमा केन्द्रीत भएकाले यस्ता समाचारको भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: