Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कुलमान घिसिङलाई अमेरिकामा स्वागत एवं सम्मान

विजय थापा, अमेरिका । अमेरिका भ्रमणमा रहेका नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अमेरिकाको वाशिङटन डिसीमा नेपाली समुदायले स्वागत गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामाङ सोसाइटी अफ ग्रेटर वाशिङटनले आयोजना गरेको कार्यक्रममा घिसिङलाई स्वागत गरिएको हो ।

उनलाई आयोजक तथा सहभागीहरुले खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात परिचयबाट गरिएको थियो भने घिसिङले आफु पेशाले अभियन्ता भएको र प्राधिकरण कै कर्मचारी रहेको भनि छोटो परिचय दिएका थिए ।

प्राधिकरण प्रमुख घिसिङले सन् २०१० मा डिसी आएको भन्दै यस पटक आफ्नो दोश्रो भ्रमण रहेको बताएका थिए । उनी बिश्व बैंकमा भाग लिन आएको जानकारी दिए । प्राधिकरण प्रमुख घिसिङले बिगतमा अमेरिका विभिन्न राज्यबाट निम्तो आउने तर आफु समय अभावको कारणले आउन नभ्याएको बताए ।

उनलाई सहभागीले ईमान्दारिता, कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीले गौरवको महसुस गरेका र आगामी दिनमा पनि यस्तै कार्य गर्न आग्रह गरेका थिए । कार्यक्रम सञ्चालन समाजका अध्यक्ष उत्तर लामाले गरेका थिए ।

अध्यक्ष लामाले सबैलाई स्वागत गर्दै घिसिङलाई सबैका गौरब भन्दै यसलाई कायम राख्न अनुरोध गरे । हामी सबैको शिर ठाडो भएको छ भन्दै शुभकामना दिएका थिए । प्राधिकरण प्रमुख घिसिङले आफ्ना कुराहरु राख्न दिएकोमा सबैलाई धन्यबाद दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: