Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल र जापानबीच सोमबार हुँदै श्रम साझेदारी

नागरिक, चैत ७ । नेपाल र जापानबीच कामदार लिने विषयमा आगामी सोमबार श्रम साझेदारी हुुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई देशबीच हुने समझदारीका सबै प्रक्रिया पूरा भइसकेको बताएका छन्। मन्त्री विष्टले भने, ‘सबै प्रक्रिया टुंगिसकेको छ अब दुई देशका अधिकारीबीच हस्ताक्षर गर्न मात्र बाँकी छ।’

जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ। दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको छ। जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने बताएको छ । १४ आटा औद्योगिक क्षेत्रमा कामदार राख्न सकिने जापानको भनाइ छ।

सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ। गत पुस २५ गते नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी विदेशमन्त्री तारो कोनोबीच भएको वार्तामा सहमतिपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: