Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दोस्रो अभ्यास खेलः नेपाल र भारत भिड्दै, नेपाललाई बलिङको निम्तो

काठमाडौं, चैत ८ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीले दोस्रो खेलमा आज आन्ध्र प्रदेश क्रिकेट टिमसँग खेलिरहेको छ । पहिला ब्याटिङ गर्दै आन्ध्र प्रदेशले यो समाचार तयार पार्दासम्म २५ ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको छ ।

पहिलो खेलमा नेपालले आन्ध्र प्रदेश क्रिकेट टोलीलाई ६२ रनले पराजित गरेको थियो ।  त्यस खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८१, सन्दीप जोराले ६९, कमलसिंह ऐरीले २५ बलमा ४४ रन प्रहार गरे । उनले ४८औं ओभरमा ५ बलमा ५ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले १७ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

बलिङमा भारतका लागि पी तेजसवाईले एक्लैले ४ विकेट लिए । नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको आन्द्र प्रदेशले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१४ रन मात्र बनाउन सकेको थियो ।

भारतका हर्षभर्धनले ४६, हेमन्थ रेडीले ३८, पी तेजसवाईले ४३ रनको योगदान दिए । बलिङमा नेपालका कुशल मल्लले ४, कमलसिंह ऐरीले ३, पवन श्राफले २ र सागर ढकालले १ विकेट लिन सफल भएका थिए । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँग हुने ४ अभ्यास खेलका लागि नेपाली टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: