Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पत्रकार विक गिरफ्तार, जनपत्रकार संगठनद्वारा खेद प्रकट

काठमाडौं, चैत ८ । विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन कालिकोटका जिल्ला संयोजक कर्ण बिकलाइ प्रहरीले पक्राउ गरेको छ । बिहान बिहान सदरमुकाममा आफू्र कार्यरत रेडियो कार्यालयबाट गिरफ्तार भएका हुन् ।

उनको गिरफ्तार विषयलाइ लिएर जनपत्रकार संगठन केन्द्रिय समितिले प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।

वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्दार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले खेद प्रकट गरेको छ

पत्रकार बिकको रिहाइको माग गर्दै निर्बाधरुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने संबिधान प्रदत्त अधिकारको सम्मान गर्न संगठनले सरकारलाई माग गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: