Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वैदेशिक रोजगार विभागका नासु ६० हजार नगद घुससहित रंगेहात पक्राउ

काठमाडौं, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई ६० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ ।

नासु फुयाँलले सेवाग्राहीसँग ६० हजाररुपैयाँ घुस लिइ जोरपार्टी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएका थिए । फुयाँलले खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: