Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साफ फुटबल च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै [LIVE]

काठमाडौं, चैत ८ । पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा अहिले नेपार र भारत भिड्दै छन् । खेल विराटनगरको शहीद रंगशालामा भइरहेको हो । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गर्न सफल भएका हुन् ।

आज नेपालको टिममा फरवार्ड लाईनमा सावित्रा भण्डारी र कप्तान दिपा राईले सम्हाल्दा मिडफिल्डमा मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत हुनेछन् । यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, मनमायाँ लिम्बु र पुनम जर्घामगर छन् ।

यस्तै नेपालको गोलकिपिङ एन्जिला तुम्बाप्पोले सम्हालेने छिन् । नेपाल पाँच संस्करण मध्य चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेलेको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टिम हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ ।

प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ । तर, समय फेरिएको छ । अहिलेको प्रतियोगिता नेपाली मैदानमा हुँदैछ । नेपाली दर्शकका बीचमा । प्रशिक्षक हरि खड्का भन्छन्, ‘यो हाम्रो गृहमैदान हो । हाम्रो मतृभूमि हो ।’ ‘हामी भारतको दबदबा तोड्नका लागि तयार छौं । अवश्य पनि हामी उपाधि उचाल्नेछौं । भोलिको दिन हाम्रो हुनेछ’, प्रशिक्षक खड्काले थपे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: